Sunday, July 3, 2011

हेलिकोप्टर खोज्दै निर्माता


नेपालीमा एउटा उखान छ नि 'बच्चा पाउनु कहिले कहिले  भोटो सिउनु अहिले' । हो यस्तै छ नेपाली चलचित्रकर्मीहरुको चलन । चलचित्र निर्माण सुरु नगर्दै रिलिजको डेट तोक्ने गरिन्छ । अनि हुन्छ हतपत को काम लतपत ।

आउँदो दशैंमा चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने भनेर चलचित्र निर्माण सुरु भए लगत्तै मिति तय गरेको चलचित्र अन्दाजको सुटिङ अबरुद्ध हुँदा अब यो चलचित्र तोकीएको मितिमा प्रदर्शन हुन्छ भन्ने बारेमा अन्योल बढेको छ । बिभिन्न स्थानहरुमा चलचित्रको अधिकांश सुटिङ सकिएको चलचित्र अन्दाजको युनिट बाँकि छायाँकनका लागी जोमसोम जाने बताएको थियो । लगातारको बर्षाका कारण चलचित्रको युनिट जोमसोम जान सकेको छैन । पछिल्लो जानकारी अनुसार जोमसोम जाने सडकमा पहिरो आए पछि चलचित्रको युनिट झनै अन्यौलमा परेको छ ।

हुनत चलचित्रकी नायिका रेखा थापा आफ्नो चलचित्र दशैंमा जुन कुनै हालतमा प्रदर्शन हुने बताउँछिन् । उनका अनुसार अहिले सुटिङ सकिए जति भागको प्राबिधिक कार्य पनि अन्तिम चरणमा पुगेको छ र बाँकी सुटिङ पनि ७/८ दिनमा सकेर प्राबिधिक कार्यलाई तिब्रता दिईने छ । तर अहिले त्यहि बाँकि दृश्यको छायाँकन गर्न नपाउँदा निर्माण युनिट निकै पिरोलिएको छ । चलचित्र रिलिज गर्न नपाईएला भन्दा पनि बजेट बढ्दै गएकोले युनिटको चिन्ता बढेको हो ।

कथा अनुसार जोमसोमै बाँकि छायाँकन गर्नु पर्ने बताएको चलचित्र युनिट अन्तत हेलिक्टर चार्टर गरेर भए पनि जोमसोम जाने मनस्थितीमा रहेको छ । अहिले युनिटले सस्तो हेलीकप्टरको खोजी गरीरहेको जानकारी प्राप्त भएको छ । लगातारको बर्षाका कारण बाटोमा पहिरो गएको र बस जान सक्ने अवस्था नरहेपछि युनिट हेलिकोप्टरबाट जानुको बिकल्प छैन । त्यसैले पनि अहिले निर्माता सस्तो हेलिकोप्टर खोजेर जोमसोम जाने तयारीमा छन् ।

No comments:

Post a Comment