Sunday, July 3, 2011

राजधानीमा हलहरूमा छापा मार्दै प्रहरी


  हिन्दी चलचित्र देली बेली प्रदर्शन गरिरहेको गोपीकृष्ण सिनेमा हलबाट आईतबार साँझ प्रहरीले चलचित्र देली बेली लोड गरिएको हार्ड डिक्स लगेको खबर प्राप्त भएको छ ।  सेन्सर बोर्डले काट्न भनेका आपत्ती जनक दृष्यहरु नकाटी प्रदर्शन गरेको खबर फिल्मीखबर डटकमले प्रकाशित गरेपछि आज प्रहरीले यस्तो कदम उठाएको हो ।

हिन्दी चलचित्र देली बेली हेरे पछि सेन्सर बोर्डको कामलाई लिएर फिल्मीखबरले हिजो के हेर्दै छ सेन्सर बोर्ड ?  भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यो समाचार प्रकाशनको २४ घण्टा बित्न नपाउदै बोर्डले सेन्सर गरेका दृष्यहरु नकाटी प्रदर्शन गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा चलचित्र प्रदर्शनमा रोक लगाउन पत्र पठाएको थियो । सोही पत्रलाई आधार मान्दै प्रशासन कार्यालयले चलचित्र भवनमा पुगेर प्रदर्शन भईरहेको चलचित्र देली बेलीको हार्ड डिक्स लगेको स्रोतले बताएको छ । यसै गरी प्रहरीले बिग सिनेमाबाट पनि देली बेलीको प्रिन्ट लगेको स्रोतले बताएको छ ।
 
चलचित्र देली बेलीका हरेक दृश्य तथा संवादमा अपशब्दको प्रयोग गरिएको र दृष्यहरु समेत आपत्ति जनक छन् । तिनै दृश्य तथा संवादमा सेन्सर बोर्डले कैंची लगाउँदा लगाउँदै पनि सेन्सर लागेका दृश्य तथा संवाद नकाटी गत शुक्रबारबाट सार्वजनिक प्रदर्शन गरिएपछि जिल्ला प्रशासन कार्यालयले चलचित्र चल्न नदिई हार्ड डिक्स र प्रिन्ट खोसेको हो । सोमबारबाट देशभरका हलमा प्रदर्शन गर्न रोक लगाईने कुरा प्रशासनले बताए पनि आज साँझबाट नै उक्त चलचित्र चलिरहेका हलहरूमा प्रहरीले छापा मारिरहेको छ । 

No comments:

Post a Comment