Sunday, July 3, 2011

देली बेलीको सार्वजनिक प्रदर्शनमा रोक


हिन्दी चलचित्र देली बेली हेरे पछि सेन्सर बोर्डको कामलाई लिएर फिल्मीखबरले हिजो के हेर्दै छ सेन्सर बोर्ड ?  भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यो समाचार प्रकाशनको २४ घण्टा बित्न नपाउदै समाचारको प्रभाव सकारात्मक देखिएको छ ।

सार्वजनिक प्रदर्शन भएको हिन्दी चलचित्र देली बेलीलाई भोली सोमबारबाट प्रदर्शनमा रोक लगाईने भएको छ । शनिबार फिल्मीखबरले समाचार प्रकाशन गरेपछि आइतबार बसेको चलचित्र सेन्सर बोर्डको बैठकले जिल्ला प्रशासन कार्यलयमा चलचित्रको सार्वजनिक प्रदर्शनमा रोक लगाउन निबेदन दिएको छ । सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले दिएको जानकारी अनुसार आइतबार बोर्डका अध्यक्ष महेन्द्र गुरागाईले जिल्ला प्रशासन कार्यलयमा चलचित्रको सार्वजनिक प्रदर्शनमा रोक लगाउन निबेदन दिए पछि प्रशासनले देशभरका चलचित्र हलहरुमा चलचित्र देली बेलीको सार्वजनिक प्रदर्शनमा रोक लगाउने भएको छ । 

चलचित्र देली बेलीका हरेक दृश्य तथा संवादमा अपशब्दको प्रयोग गरिएको र दृष्यहरु समेत आपत्ति जनक छन् । तिनै दृश्य तथा संवादमा सेन्सर बोर्डले कैंची लगाउँदा लगाउँदै पनि सेन्सर लागेका दृश्य तथा संवाद नकाटी प्रदर्शन गरिएपछि प्रदर्शनमा रोक लगाउन लागिएको बोर्डका सदस्य सापकोटाको भनाई छ ।

सोमबारबाट हिन्दी चलचित्र देली बेलीको सार्वजनिक प्रदर्शनमा रोक लगाउने कार्य गरिरहेको बोर्डले सेन्सर गरेका दृश्य तथा संवादहरु नकाटि गुरुकुलमा सार्वजनिक प्रदर्शन गरेको नेपाली चलचित्र खग्रासलाई के गर्ने भन्ने बारे आज साँझ सम्ममा निर्णय गरीने समेत सदस्य सापकोटाले जानकारी दिए ।

No comments:

Post a Comment